काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियसर्टले पोखरा राइनोजलाई जितका लागि १ सय २० रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ६ विकेट गुमाएर १ सय १९ रन बनायो ।
भैरहवाका लागि कप्तान शरद भेषवाकरले अविजित रहदै सर्वाधिक ३२ रन बनाए ।
त्यस्तै आरिफ शेख २७, रोहित पौडेल १८, प्रदिप ऐरी ११, उपुल थरंगा १०, धम्मिका प्रसाद ४, सर्भिन मुनिएण्डी ३ र कुशल मल्ल १ रन बनाए ।
पोखराका किशोर महतो र सहन अराछिगेले समान २/२ विकेट हात पार्दा नन्दन यादव र असेला गुनारत्ने १/१ विकेट लिए ।
आज भैरहवा र पोखरा जित निकाल्दै फाइनल पुग्न चाहन्छ ।
यस खेलको विजेताले उपाधिका लागि चितवन टाइगर्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ ।
यस संस्करणको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।