क्यानले एक हप्ता भित्र मुख्य प्रशिक्षकको दरखास्त आह्वान गर्ने
बिहिबार, २१ आश्विन २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एक हप्ताभित्र राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गर्ने भएको छ ।
जमलको एलो प्यागोडा होटेलमा बिहीबार बसेको क्यानको बोर्ड बैठकले रिक्त रहेको मुख्य प्रशिक्षक पदका लागि एक साता भित्र १५ दिनको म्याद राखेर दरखास्त आह्वान गर्ने निर्णय गरेको हो ।
मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहीन रहेको छ ।
ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज पछि ह्वाटमोरले नेपाली टिम छाडेका हुन् ।
६७ वर्षीय ह्वाटमोर खुल्ला प्रतिस्पर्धाबाट नै मुख्य प्रशिक्षक नियुक्त भएका थिए । तर, उनले ८ महिना नबित्दै राजीनामा दिएका थिए ।








-1769086635000.jpeg&w=3840&q=75)

-1769167052323.jpeg&w=3840&q=75)


-1769151399924.jpeg&w=3840&q=75)

-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)