काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक भोलि बिहीबार पुन: बस्ने गरि रहेको छ।
जमलको एलो प्यागोडा होटेलमा बुधबार बसेको बैठकले थुप्रै एजेण्डामा छलफल भएको र पुन: भोलि बस्ने गरि सकिएको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी गराए ।
'धेरै विषयमा छलफल भएको छ । आज कुनै निष्कर्ष आएको छैन,' अध्यक्ष चन्दले भने, 'भोलि फेरि बस्ने गरि बैठक सकिएको छ । बैठकको निर्णय भोलि नै थाहा हुन्छ ।'
अध्यक्ष चन्दले बैठक भोलि बिहान ८ बजे सुरु हुने समेत जानकारी गराए ।
क्यानका सचिव अशोकनाथ प्याकुरेल र उपाध्यक्ष राजुबाबु श्रेष्ठको राजीनामा पछि पहिलो पटक बोर्ड बैठक बसेको हो । बैठकमा प्याकुरेल र श्रेष्ठको राजीनामा र क्यानको पछिल्लो गतिविधिबारे छलफल भईरहेको बताईएको छ ।
गत बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सचिव प्याकुरेल र उपाध्यक्ष श्रेष्ठले राजीनामाको घोषणा गरेका थिए ।
प्याकुरेलले क्यानलाई स्थापित गर्न नेतृत्वमा आएको र त्यसमा सफल भएपछि पुरानो योजना अनुसार राजीनामा दिएको बताएका थिए ।