बुधबार, असोज १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. पोखराको जित,काठमाडौंको प्लेअफ कठिन

पोखराको जित,काठमाडौंको प्लेअफ कठिन

२०२१ अक्टोबर ४, सोमबारखेलपाटी संवाददाता

पोखराको जित,काठमाडौंको प्लेअफ कठिन

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा पोखरा राइनोजले जित निकालेको छ ।

टियु क्रिकेट मैदानमा सोमबार पोखराले काठमाडौं किङ्स-११ लाई डीएल पद्दतिको आधारमा १४ रनले हराएको हो ।

यस हारसँगै काठमाडौंको प्लेअफ कठिन बनेको छ । काठमाडौं ४ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

अब प्लेअफमा पुग्न काठमाडौंलाई अन्तिम खेल जित्नै पर्ने भएको छ ।

पोखरा भने यस अघि नै प्लेअफ पुगिसकेको छ । दोस्रो स्थानमा उक्लिएको पोखराले ५ खेलमा ७ अंक जोडेको छ ।

May be an image of 1 person, playing a sport, standing and text 

काठमाडौंले दिएको १ सय ८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पोखराले १५ ओभरमा ५ विकेट गुमाएर १ सय ४२ रन जोडेको थियो ।

तर, भारी वर्षाको कारण पोखराले ब्याटिङ गरिरहदा खेल रोकिएको थियो । त्यसपछि खेल पुन: सुरु भएन र डीएलको आधारमा पोखराले जित निकालेको हो ।

वर्षाले खेल रोकिनु अघि पोखराका सहन अर्चाचिगेले ४३ रन बनाए। विवेक यादव ४१ रनमा अविजित रहदा लोकेश बम १८ रनमा अविजित रहे ।

रिचार्ड लेभी १७ रनमा आउट भए ।

काठमाडौंका जितेन्द्र मुखिया र गुलशन झाले २/२ विकेट लिए ।

May be an image of 2 people, people standing, people playing sports and text

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।

काठमाडौंका लागि अमित श्रेष्ठ र रायन बुर्लले अर्धशतक बनाए ।

अमितले ४१ बलमा ५६ रन जोड्दा दुई छक्का र ६ चौका प्रहार गरे । बुर्लले ४३ बलमा ५० रनको योगदान गरे । उनले तीन छक्का र दुई चौका हिर्काए ।

कप्तान सन्दीप लामिछानेले ३१ रनको योगदान गरे । ११ बल खेलेका लामिछानेले तीन छक्का र दुई चौका हाने ।

रहमानुल्लाह गुर्बाज १२, अमर रौटेला ७, असान प्रियन्जन ५, सुवास खकुरेल २ रन र राजु रिजाल शुन्य रनमा आउट भए । गुलशन झाले एक रन जोडे ।

पोखराका लागि विवेक यादवले सर्वाधिक तीन विकेट लिए । सहन अर्चाचिगे, बिक्रम सोब, नन्दन यादव र किशोर महतोले एक-एक विकेट लिए ।

May be an image of one or more people, people standing and people playing sports 

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

Bhat Bhateni
स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

स्पेनले २०२६ विश्वकप नखेल्ने सम्भावना

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

अस्ट्रेलिया लागे गोलकिपर जियारथ

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

४० वर्षको उमेरमा सिल्भाले गर्लान् ‘कमब्याक’ ?

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

एएफसीले एन्फालाई गर्‍यो १० हजार डलर जरिबाना

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

विवादबीच २०औं एसियन गेम्समा नेपालको सहभागिता: ३२ खेलमा ४३४ खेलाडीको नाम दर्ता

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

नक्कली फुटबलर बनेर २२ जना पुगे जापान

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

युनिटी कपमा बिशोपले कमेन्ट्री गर्ने

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास

रियलका १८ वर्षीय मास्तान्तुओनोले बनाए इतिहास