काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज सोमबार दुई खेलहरु हुँदैछन् ।
टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन टाइगर्स र भैरहवा ग्लाडीयटर्स प्रतिस्पर्धा हुनेछ । चितवन र भैरहवाबीचको खेल बिहान ९:३० बजे सुरु हुनेछ ।
चितवन क्वालिफायरमा प्रवेश गरिसकेको छ । चितवन ४ खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
भैरहवा पनि प्ले अफमा पुगिसकेको छ । भैरहवा ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
यस्तै दोस्रो खेलमा काठमाडौं किङ्स-११ र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । काठमाडौं र पोखराबीचको खेल दिउँसो १:३० बजे सुरु हुनेछ ।
पोखरा प्ले अफ पुगिसकेको छ । पोखराले ४ खेलमा ५ अंक जोडेको छ ।
काठमाडौं दोस्रो जितको खोजीमा रहेको छ । काठमाडौं २ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
लिग खेलपछि शीर्ष दुई टोलीले क्वालिफायर १ मा प्रतिस्पर्धा गर्ने छन् । इलिमिनेटरमा तेस्रो र चौंथो टोलीले खेल्ने छन् ।
क्वालिफायर १ को विजेता फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटरको विजेतासँग खेल्नेछ ।
प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।