काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।
सारजाहमा आइतबार पन्जाब किङ्सलाई ६ रनले पराजित गर्दै बैंगलोर प्ले अफमा पुगेको हो ।
बैंगलोरले दिएको १ सय ६५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन मात्र बनाउन सक्यो।
पन्जाबका मयांक अग्रवालले ५७ रनको अर्धशतकीय खेलेपनि टोलीको हार टार्न सकेनन् ।
यस्तै कप्तान केएल राहुलले ३९ रन जोड्दा एडिन मार्क्रम २० रन बनाए । साहरुख खान १६ रनमा आउट भए ।
बैंगलोरका युजभेन्द्र चाहलले ३ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।
बैंगलोरका लागि गले म्याक्सवेलले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै देबदुत पडिकलले ४० रन जोड्दा कप्तान विराट कोहलीले २५ रन बनाए । एबी डी भिलियर्सले २३ रन बनाएर आउट भए ।
पन्जाबका मोहमद शामी र मोइसेस हेन्रिसले ३/३ विकेट लिए ।
यस जितसँगै बैंगलोरले १२ खेलमा १६ अंक जोडेको छ । बैंगलोर तेस्रो स्थानमा रहेको छ ।
पन्जाब १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।