काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा साविक विजेता ललितपुर प्याट्रीयट्सले जितका लागि चितवन टाइगर्सलाई १ सय ९ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८ रन बनायो ।
ललितपुरका लागि जयकिशन कोल्सावालाले सर्वाधिक ४२ रन बनाए । सन्दुन विराकोड्डीले १४ रन जोडे ।
सुर्य तामाङ ११ रनमा अविजित रहदा ललित राजवंशीले अविजित ९ रन बनाए ।
ललितपुरलाई सस्तैमा समेट्न चितवनका कमल सिंह ऐरीले ३ विकेट लिए । करिम जनत र सागर ढकालले २/२ विकेट लिए । शाहब आलमको नाममा १ विकेट रह्यो ।
कुशल भुर्तेलको कप्तानीमा रहेको ललितपुरले ४ खेलमा ३ अंक जोडेको छ । ललितपुर चौंथो स्थानमा रहेको छ ।
चितवन ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । सोमपाल कामीको कप्तानीमा रहेको चितवन प्ले अफमा पुगिसकेको छ ।