काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले जित निकालेको छ ।
दुबईमा शनिबार राति भएको खेलमा पन्जाबले कोलकत्ता नाइट राइडर्सलाई ५ विकेटले हराएको हो ।
कोलकत्ताले दिएको १ सय ६६ रनको लक्ष्य पन्जाबले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
पन्जाबको जितमा कप्तान केएल राहुलले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । मायांक अग्रवालले ४० रन जोड्दा शाहरुख खानले अविजित २२ रन बनाए ।
कोलकत्ताका वरुण चक्रवर्तीले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।
कोलकत्ताका लागि भेन्काटेस आयरले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । राहुल त्रिपाठीले ३४ तथा नितिस रानाले ३१ रन बनाए ।
पन्जाबका अश्रदिप सिंहले ३ विकेट लिए । रबि बोस्नाईले २ विकेट लिए ।
यस जितसँगै पन्जाबले १२ खेलमा १० अंक जोडेको छ । पन्जाब पाँचौं स्थानमा रहेको छ ।
कोलकत्ता १० अंक जोडेर चौंथो स्थानमा रहेको छ ।