काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपिएल) टी-ट्वान्टी क्रिकेटमा पोखरा राईनोजले चितवन टाइगर्सलाई जितका लागि १ सय २४ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनको योगफल तयार पार्यो ।
पोखराको लागि विवेक यादवले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४५ बलमा ३ छक्का र ३ चौका प्रहार गरे ।
एक समयमा ४२ रन जोड्दा पाँच विकेट गुमाएको पोखराको इनिङ उकास्न विवेक यादव र असेला गुनारत्नेले छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरे । गुनारत्नेले २५ रनको योगदान गरे ।
रिचर्ड लेभीले १७ वलमा दुई छक्का र एक चौकाको मदतमा २० रन जोडे । लोकेश वम ८, कप्तान विनोद भण्डारी ५, रित गौतम २ रनमा आउट भए भने सुनिल धमला शुन्य रनमै पभेलियन फर्किए ।
चितवनका शाहब आलम र कमल सिंह ऐरीले समान दुई/दुई विकेट लिदा सोमपाल कामीले एक विकेट हात पारे ।