काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सले जित निकालेको छ ।
सारजाहमा बिहीबार राति भएको खेलमा चेन्नईले सनराइजर्स हैदरावादलाई ६ विकेटले हराएको हो ।
यस जितसँगै चेन्नई प्ले अफमा प्रवेश गरेको छ ।
हैदरावादले दिएको १ सय ३५ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ४५ रन बनाए । फाप डु प्लेसिसले ४१ रन जोड्दा मोइन अलिले १७ रन बनाए ।
अम्बाती रायडु १७ रनमा अविजित रहदा कप्तान महेन्द्र सिंह धोनीले अविजित १४ रन जोडे ।
हैदरावादका जासन होल्डरले ३ तथा राशिद खानले १ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो ।
हैदरावादका रिद्दिमान शाहले ४४ रन बनाए । अविशेक शर्मा र अब्दुल समादले १८/१८ रन जोड्दा राशिद खानले अविजित १७ रन बनाए । कप्तान केन विलियम्सन ११ रनमा आउट भए ।
चेन्नईका जोश हाजलउडले ३ विकेट लिए । ड्वाने ब्राभोले २ विकेट लिए ।
यस जितसँगै शीर्ष स्थानको चेन्नईले ११ खेलमा १८ अंक जोडेको छ ।
हैदरावाद ४ अंक जोडेर पुछारमा रहेको छ ।