काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा ललितपुर प्याट्रीयट्सले भैरहवा ग्लाडीयटर्सलाई जितका लागि १ सय ७८ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनायो ।
ललितपुरका लागि सन्दुन विराकोड्डीले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अज्मतुल्लाह ओमारजाईले ४२ रन बनाए ।
सन्दीप जोराले ३८ रन जोड्दा ओशाडा फर्नान्डोले २० रन बनाए ।
त्यस्तै योगेन्द्र सिंह कार्कीले ७ रन जोड्दा कप्तान कुशल भुर्तेल २ रनमा आउट भए । पवन सर्राफले १ रनमा आउट हुँदा नारायण जोशी सुन्य रनमा अविजित रहे ।
भैरहवाका अविनास बोहराले २ विकेट लिए । धम्मिका प्रसाद,कृष्ण कार्की र आरिफ शेखले १/१ विकेट लिए ।
भैरहवा आज दोस्रो जित निकाल्ने योजनामा रहेको छ ।
भैरहवाले बुधबार विराटनगर वारियर्सलाई हराएको थियो । त्यसअघि भैरहवाले पोखरा राइनोजसँग अंक बाडेको थियो ।
ललितपुर भने पहिलो जित निकाल्न चाहन्छ । ललितपुरले दुई खेलमा अंक जोड्न सकेको छैन । ललितपुर बुधबार पोखरासँग पराजित भएको थियो ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।