काठमाडौं । लुम्बिनी शान्ति म्याराथनले भगवान गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको ठाउँ भारतको बोध गयामा 'बोध गया एनलाइटेनमेन्ट म्याराथन' गर्ने भएको छ ।
लुम्बिनी शान्ति म्याराथनका परिकल्पनाकर बिक्रम पाँडे काजीले भारतको नयाँदिल्लीमा आयोजित 'ग्लोबल रिलिजियस टुरिजम डाइलग' को अवसरमा 'बोध गया एनलाइटेनमेन्ट म्याराथन' गर्ने घोषणा गरेका हुन् । म्याराथन २०२० को सेप्टेम्बर महिनाको पुर्णिमाको दिन आयोजना गरिनेछ ।
'लुम्बिनी शान्ति म्याराथनको तीन संस्करण सफलतापूर्वक संचालन हुँदै गर्दा यो शान्ति म्याराथन बोधगया प्रवेश गर्दैछ । इसा पुर्व तेस्रो शताब्दीमा राजकुमार सिद्धार्थ गौतमले आफ्नो दरबारको राजकीय जीवन परित्याग गरेर निर्भाणाको खोजीमा बोधगया गएकै झल्को आउने गरि बोध गयामा म्याराथन आयोजना गर्न लागिएको हो,' पाँडेकाजीले म्याराथनको घोषणा गर्दै भने, 'बोधगयाले बुद्धत्वको जन्म गरायो भने, लुम्बिनीले बोधगयामा आधात्मिक खेलकुदको जन्म गराउंदैछ ।'
यस्तै भारतीय पर्यटनमन्त्री अल्फोन्स कन्नाथानमले लुम्बिनी शान्ति म्याराथनसंग मिलेर काम गर्न इच्छुक रहेको बताए ।
'म यो प्रोजेक्टमा बिक्रमसंग काम गर्न चाहन्छु,' पर्यटनमन्त्री कन्नाथानमले भने ।