पहिलो हाफमा नेपाललाई २-० को अग्रता
बिहिबार, २४ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफमा नेपालले २-० गोलको अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपालले २-० को अग्रता बनाएको हो ।
पहिलो हाफमा नेपालका लागि डेब्यु खेलाडी सबिता राना र प्रिती राईले एक एक गोल गरिन् ।
खेलको १४ औं मिनेटमा डेब्यु खेलाडी सबिताले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । उनले पुजा रानाको क्रसमा हेड गोल गरिन् ।
त्यसपछि खेलको २३ औं मिनेटमा सरु लिम्बुको पासमा प्रितीले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाएकी हुन् ।












-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)