बंगलादेशसँग खेल्ने नेपालको सुरुवाती-११ सार्वजनिक
बिहिबार, २४ भाद्र २०७८खेलपाटी संवाददाता

फाइल तस्बिर
काठमाडौं । बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालले सुरुवाती-११ को घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटीको कप्तानीमा बंगलादेशविरुद्ध खेल्ने सुरुवाती-११ सार्वजनिक गरेको हो ।
नेपाल र बंगलादेशबीचको खेल दशरथ रंगशालामा अपरान्ह ५ बजे सुरु हुनेछ।
एएफसी महिला एसियन कप-२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो मैत्रीपूर्ण आइतबार हुनेछ।
नेपालको सुरुवाती-११
गोलकिपर - एन्जिला सुब्बा
डिफेन्डर - गीता राना, हिरा भुजेल,पुजा राना,अमृता जैशी,
मिडफिल्डर - रेनुका नगरकोटी,सरु लिम्बु,मन्जली थोकर
फरवार्ड - प्रिती राई,सबिता राना,विमला चौधरी













-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)