जित कुण्डोको सेमिनार सुरु
शनिबार, असोज २०, २०७५खेलपाटी संवाददाता
.jpg&w=3840&q=75)
काठमाडौं । नेपाल जित कुण्डो मार्सल आर्ट संघको आयोजनामा पाँचौं अन्तर्राष्ट्रिय जित कुण्डो सेमिनार शनिबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ ।
सेमिनारमा नेपाल, श्रीलंका, भारत, इटाली र स्पेनका करिब २ सय प्रशिक्षार्थीको सहभागिता रहेको आयोजक जित कुण्डो संघका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापाले जनाएका छन् ।
सेमिनारको उप्र प्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलले एक कार्यक्रमबीच उद्घाटन गरे । उद्घाटनका अवसरमा खेलाडीले प्रदर्शनी खेल पनि प्रस्तुत गरेका थिए ।
दुईदिने सेमिनारका सहभागीलाई स्पेनका सिफु जोक्विन मार्सेलो र सहायक प्रशिक्षक चोनोले प्रशिक्षण दिइरहेका छन् ।









-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

