साबिट्जर बायर्नमा अनुबन्धित
सोमबार, १४ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं। जर्मन क्लब बायर्न म्युनिखले मिडफिल्डर मार्सल साबिट्जरलाई अनुबन्ध गरेको छ।
बायर्नले अष्ट्रियन मिडफिल्डरलाई आरबी लाइपजिगबाट अनुबन्धित गरेको हो।
२७ वर्षीय मिडफिल्डरले बायर्नसँग चार वर्षको सम्झौता गरेका छन्।
उनी २०२५ सम्म बायर्नमा रहने छन्। उनले बायर्नमा १८ नम्बरको जर्सी लगाउने छन्।
साबिट्जरले लाइपजिगका लागि कुल २ सय २९ खेल खेल्दै ५२ गोल र ४२ असिस्ट गरेका छन्।
अष्ट्रियाका लागि साबिट्जरले ५४ खेलमा ८ गोल गरेका छन्।










-1767098144368.jpg&w=3840&q=75)

-1767081985409.jpeg&w=3840&q=75)
