चेल्सीका बाकायोको मिलानमा
सोमबार, १४ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । इटालियन क्लब एसी मिलानले फ्रेन्च मिडफिल्डर टिमोउ बाकायोकोलाई अनुबन्ध गरेको छ ।
मिलानले मिडफिल्डर बाकायोकोलाई दुई वर्षको लागि लोनमा चेल्सीबाट अनुबन्ध गरेको हो ।
यस्तै चेल्सीले बोकायोकोलाई स्थायी खेलाडीको रुपमा अनुबन्धको लागि बिकल्प समेत दिएको छ ।
२७ वर्षीय मिडफिल्डर सन् २०१७ मा मोनाकोबाट चेल्सी आएका थिए ।
तर, चेल्सीको सुरुवाती टोलीमा अटाउन उनले संघर्ष गर्दै आइरहेका थिए ।
गत सिजन उनले इटालियन क्लब नापोलीबाट खेलेका थिए।
उनले २०१८/१९ को सिजन पनि मिलानबाट लोनमा खेलेका थिए ।
चेल्सीका लागि उनले कुल ४३ खेलमा ३ गोल गरेका छन् ।
फ्रान्सका लागि उनले १ खेल खेलेका छन् ।










-1767098144368.jpg&w=3840&q=75)

-1767081985409.jpeg&w=3840&q=75)
