मंगलबार, १५ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

कस्तो रह्यो मेस्सीको डेब्यु ?

सोमबार, १४ भाद्र २०७८खेलपाटी संवाददाता
कस्तो रह्यो मेस्सीको डेब्यु ?
Classic Tech Internet Ad

एजेन्सी । लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट आईतबार राति डेब्यु गरे । उनी पहिलो पटक बार्सिलोना बाहेकको जर्सीमा मैदानमा देखिएका हुन् । मेस्सी ६६ औं मिनेटमा मैदान प्रवेश गरेका थिए, नेयमारको स्थानमा ।

पीएसजीमा मेस्सीको डेब्यु बहुप्रतिक्षित बनेको छ । विश्व क्लब फुटबलका सर्वाधिक सफल खेलाडी मेस्सीलाई नयाँ क्लबबाट हेर्न सबै उत्सुक थिए । पीएसजीको अनुबन्धन मेस्सीको बाध्यता थियो ।

उनी बार्सिलोनामै बस्न चाहन्थे । तर बार्सिलोनाले मेस्सीलाई राख्न नसक्ने भयो । त्यसपछि मात्र उनले पीएसजी रोजेका हुन् । पीएसजीमा नेयमार छन् ।

उनी नेयमारसंग जोडिन पीएसजी आएका हुन् । युरोपेली क्लब फुटबलमा च्याम्पियन्स लिग सहित अझ ठुला प्रतियोगिता जित्ने मेस्सीको सपना छ । वर्तमान अवस्थामा त्यो पीएसजीले मात्र सक्ने देखिन्छ ।

आईतबार राति लिग वानमा डेब्यु गरेका मेस्सीले गोल भने गरेनन् । उनी मैदान छिर्नु अघिनै केलियन एम्बाप्पेले पीएसजीलाई चाहिने दुई गोल गरिसकेका थिए । मेस्सीले केही समय एम्बाप्पेसंग खेले । थाहा छैन, यहीनै एम्बाप्पेसंगको अन्तिम खेल बन्न सक्छ ।

स्पेनिस क्लब रियल मड्रिड कुनै हालतमा एम्बाप्पे अनुबन्धन गर्न चाहन्छ । एम्बाप्पेपनि रियल जान चाहन्छन् । रियल र पीएसजी बीच थोरै पैसामा कुरा मिलेको छैन ।

अन्तिम समयमा त्यो पनि मिल्न सक्छ । तर पीएसजीको जोड एम्बाप्पेलाई क्लबमै राख्नु रहेको छ । पीएसजी एम्बाप्पे जत्तिको खेलाडी गुमाउन चाहदैन । त्यसैले पनि एम्बाप्पेमाथि पीएसजीले अधिकतम जोड गरिरहेका छ ।

मेस्सी, नेयमार र एम्बाप्पेको संयुक्त आक्रमण पीएसजीले मात्र हैन, विश्व फुटबलले हेर्न चाहेको छ । तर सम्भावना निकै कम छ ।

मेस्सी आफै खेल जिवनको उत्तरार्र्धमा छन् । तर मेस्सी अझै केही सिजन उच्च फर्ममा खेल्न सक्ने आँकलन गरिएको छ । पीएसजी आएपछि मेस्सीलाई आफ्नो उत्कृष्ट फर्म फर्काउनुपर्ने चुनौती छ । सोही कारण आईतबार बेन्चबाट मेस्सीले खेलको सुरुवात गरेका थिए ।

प्रशिक्षक मौरिसियो पोचिटिनो समते मेस्सी पूर्ण रुपमा फिट हुन केही हप्ता लाग्ने बताउँछन् ।

‘उनी अझैपनि आफ्नो सर्वश्रेष्ठ फर्मबाट धेरै टाढा छन् । तर उनी राम्रो प्रशिक्षण गरिरहेका छन् । उनी अर्को दुई हप्तामा फिट हुनेछन् ।’ क्लबका प्रशिक्षक मौरिसियो पोचेटिनोले भने ।

सबैभन्दा महत्वपुर्ण कुरा मेस्सीले पीएसजीका लागि डेब्यु गरे । फरक देश, फरक वातावरण, फरक शैली र टिमबाट खेल्न पक्कै कठिन हुन्छ । मेस्सीलाई लिग वानमा फिट हुन केही समय पक्कै लाग्नेछ ।

‘हामी उनीबाट सबैभन्दा राम्रोका लागि पर्खिरहेका छौं । म धेरै खुसी छु कि उनले आफ्नो डेब्यु गरे । यो उनको लागि धेरै महत्वपुर्ण थियो ।’ उनले भनेका छन् ।

प्रशिक्षक पोचिटिनो समेत मेस्सीको डेब्युबाट खुसी छन् । रेइम्सको मैदान भएपछि सबै दर्शक मेस्सीमा झुम्मिएका थिए । त्यो लोभलाग्दो देखिन्थ्यो ।

‘उनको पहिलो छुवाईलेनै टिमलाई दिमागको शान्ति दियो । जित सहित सुरुवात गर्नु उनका लागि पनि राम्रो छ ।’ पोचेटिनोले भने, ‘सबै दर्शकले उनका लागि हुटिङ्ग गरेको सुनेर राम्रो लाग्यो । हाम्रा समर्थकमात्र हैन, यो लियोले कमाएको कुरा हो ।’

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लाङ्दीदेवी अन्तिम ८ मा

लाङ्दीदेवी अन्तिम ८ मा

 विमला र दीपाले बंगलादेशी लिग खेल्ने

विमला र दीपाले बंगलादेशी लिग खेल्ने

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

Bajaj Pulsar Motorcycle Ad
लाङ्दीदेवी अन्तिम ८ मा

लाङ्दीदेवी अन्तिम ८ मा

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

खेलकुद महासंघबाट ४ जना प्रत्यक्ष निर्वाचनमा सिफारिस

एपीएफलाई पाँचौँ सेटमा हराउँदै पुलिस सेमिफाइनलमा

एपीएफलाई पाँचौँ सेटमा हराउँदै पुलिस सेमिफाइनलमा

समूह ‘ए’ को विजेता बन्यो न्यु डाइमन्ड

समूह ‘ए’ को विजेता बन्यो न्यु डाइमन्ड

 विमला र दीपाले बंगलादेशी लिग खेल्ने

विमला र दीपाले बंगलादेशी लिग खेल्ने

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

नेपाली राष्ट्रिय यु–१९ महिला टोलीको मुख्य प्रशिक्षकमा सुमन

आर्मी र खिल्जीको भेट पक्का !

आर्मी र खिल्जीको भेट पक्का !

फ्रेन्ड्स क्लब पुगे प्रशान्त

फ्रेन्ड्स क्लब पुगे प्रशान्त