कोरियन मिडफिल्डर चान उल्भ्समा
आइतबार, १३ भाद्र २०७८खेलपाटी संवाददाता
काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सले मिडफिल्डर ह्वाङ हि चानलाई अनुबन्ध गरेको छ।
उल्भ्सले दक्षिण कोरियाका मिडफिल्डरलाई जर्मन क्लब आरबी लाइपजिगबाट लोनमा अनुबन्ध गरेको हो।
उल्भ्सले एक सिजनको लागि लोनमा चानलाई अनुबन्ध गरिएको जनाएको छ ।
लाइपजिगले स्थायी अनुबन्धको बिकल्प समेत दिएको छ ।
२५ वर्षीय मिडफिल्डरले लाइपजिगका लागि २९ खेलमा ३ गोल गरेका छन् ।
चानले दक्षिण कोरियाका लागि ३७ खेलमा ६ गोल गरेका छन् ।






-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)


