युनाईटेडको जितमा ग्रीनउड नायक
आइतबार, भदौ १३, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले साँघुरो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा युनाईटेडले उल्भ्समाथि १-० गोलको साँघुरो जित निकालेको हो।
उल्भ्सको मैदानमा युनाईटेडलाई जित दिलाउन मासन ग्रीनउडले निर्णायक गोल गरे।
खेलको ८१ औं मिनेटमा ग्रीनउडले गोल गरेका हुन्। उनले डेब्यु खेलाडी राफायल भरानको पासमा गोल गरेका हुन्।
यस जितसँगै युनाईटेडले ३ खेलमा ७ अंक जोडेको छ। युनाईटेडको यो दोस्रो जित हो।
युनाईटेड अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।
उल्भ्सको यो लगातार तेस्रो हार हो। अंक विहीन उल्भ्स १८ औं स्थानमा रहेको छ।






-1762997834781.jpeg&w=3840&q=75)






