रियलका ओड्रियोजोला फियोरेन्टिनामा
आइतबार, १३ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । इटालियन क्लब फियोरेन्टिनाले स्पेनिस डिफेन्डर अल्भारो ओड्रियोजोलालाई अनुबन्ध गरेको छ।
फियोरेन्टिनाले एक सिजनको लागि लोनमा ओड्रियोजोलालाई अनुबन्ध गरेको हो।
फियोरेन्टिनाले राइट ब्याक ओड्रियोजोलालाई स्पेनिस क्लब रियल मड्रिडबाट लोनमा अनुबन्ध गरिएको जनाएको छ।
२५ वर्षीय डिफेन्डरले यस अघि लोनमै बायर्न म्युनिखबाट खेलेका थिए।
ओड्रियोजोला सन् २०१८ मा रियल सोसिडाडबाट मड्रिड आएका थिए।
ओड्रियोजोलाले रियलका लागि ३५ ला लिगा खेल खेलेका छन्।
उनले स्पेनका लागि ४ खेलमा १ गोल गरेका छन्।





-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)






