काठमाडौं । १२ औं संस्करणको काठमाडौं हाफ म्याराथनको उपाधि विभागीय टिम एपीएफका गोपिचन्द्र पार्कीले जितेका छन् ।
विभागीय प्रतिद्वन्दीलाई पछाडी पार्दै पार्कीले हाफ म्याराथनमा पहिलो स्थान हात पारेका हुन् ।
निर्धारित २१ किमिको दुरी पार्कीले १ घण्टा ७ सेकेन्डमा पुरा गरे । उपाधिसंगै पार्कीले २० हजार प्राप्त गरेका छन् ।
त्यस्तै १ घण्टा २१ सेकेन्डमा दौड पुरा गरेका त्रिभुवन आर्मीका राम जि बस्नेत दोस्रो भए । १ घण्टा २२ सकेन्डमा दौड पुरा गरेका एपीएफका सन्तोष विष्ट तेस्रो भए । दोस्रो भएका बस्नेतले १३ हजार र बिष्टले ७ हजार नगद प्राप्त गरे ।
महिलातर्फ विश्व रुपा बुढाले १ घण्टा १० मिनेट ५७ सेकेण्डको समय निकाल्दै उपाधि जितिन् । १ घण्टा ११ मिनेट ३७ सेकेण्डको समय निकाल्दै वृन्दा श्रेष्ठ दोस्रो र पुस्पा भण्डारीले १ घण्टा १२ मिनेट ३५ सेकेण्डको समय निकाल्दै तेस्रो स्थान हात पारिन् ।
महिलातर्फको विजेताले २० हजार, उपविजेताले १३ हजार र तेस्रोले ७ हजार प्राप्त गरेका छन् ।
काठमाडौंको त्रिपुरेश्वरबाट सुरु भएको दौड माईतिघर, बानेश्वर हुदै भक्तपुर सल्लाघारी हुँदै पुन त्रिपुरेश्वर आएर सकिएको थियो ।