काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल बुधबार स्वदेश फर्किएका छन् ।
टोकियो ओलम्पिकमा ‘सेभ द मिसन’को रुपमा जापन गएका सिलवाल बुधबार नेपाल फर्किएका हुन् ।
सिलवाल नेतृत्वको टोली गत श्रावण १ गते जापान उडेको थियो ।
बुधबार दिउँसो स्वदेश फर्किएका सिलवाल क्वारेन्टाइन बस्ने निधो नहुँदा केही समय बिमानस्थलमै रोकिनु पर्यो ।
क्वारेन्टाइन बस्ने टुङ्गो लागेपछि मात्र विमानस्थलबाट सिलवाल निस्कन पाएका थिए ।
राखेपको सदस्य सचिव ‘सेभ द मिसन’ बनेर ओलम्पिक बनेर जाने प्रचलन रहेको छ ।