काठमाडौं । नेपाल र्याफ्टिङ तथा क्यानोईङ संघका महासचिव सुदीप राज गौतम विश्व र्याफ्टिङ महासंघको बोर्ड सदस्यमा चयन भएका छन् ।
विश्व र्याफ्टिङ महासंघको चुनावी साधारण सभाले चार वर्षका लागि एशियन कन्टिनेन्टको कोटाबाट गौतमलाई महासंघको बोर्ड सदस्यमा चयन गरेको हो । महासंघको बोर्ड सदस्यमा चयन हुने गौतम पहिलो नेपाली हुन् ।
फ्रान्समा आयोजना भएको विश्व र्याफ्टिङ च्याम्पियनसिपका दौरान भएको साधारण सभाले महासंघको अध्यक्षमा ईटालीका बारमाज डानिलोलाई दोश्रो कार्यकालको लागि पुनः अध्यक्षमा चयन गरेको थियो ।
नेपालमा र्याफ्टिङमै आफ्नो जीवन व्यतित गरेका गौतम र्याफ्टिङ खेलको विकास र विस्तारमा अहोरात्र लाग्दै आईरहेका छन् । गौतम र्याफ्टिङ तथा क्यानोईङ संघको संस्थापक सदस्य समेत हुन् ।