शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

राजीनामाबाट ‘ब्याक’ भए प्रवक्ता

आइतबार, साउन १७, २०७८खेलपाटी संवाददाता
राजीनामाबाट ‘ब्याक’ भए प्रवक्ता
Classic Tech Internet Ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रिय सदस्य किरण राई प्रवक्ताकाे जिम्मेवारीबाट अलग हुने तयारीबाट पछि हटेका छन् ।

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीको राजीनामा प्रकरणमा असन्तुष्ट रहेका राईले प्रवक्ताको जिम्मेवारीबाट पछि हट्ने तयारी गरेका थिए ।

सोही अनुसार एन्फाले आईतबार दिउँसो १ बजे पत्रकार सम्मेलनको सुचना जारी गरेको थियो । तर सवाँ घण्टा अघि पुन एक सुचना जारी गर्दै एन्फाले प्रवक्ता राईको कार्यक्रम स्थगित भएको जानकारी गराएको छ ।

विदेशी प्रशिक्षकले एन्फाका वरिष्ठ उपाध्यक्षमाथि सामाजिक सञ्जालमा आरोप लगाउदै राजीनामाको घोषणा गरेपछि प्रवक्ता राई पनि असन्तुष्ट छन् । तर सार्वजनीक रुपमा उनले प्रवक्ताको हैसियतमा संस्थागत धारणा राख्दै आएका छन् ।

शनिबार रातिमात्र उनले फेसबुकमा स्टाटस लेख्दै पद छाड्ने संकेत गरेका थिए । उनले सामाजिक सञ्जालमा आईतबार दिउसो बाँकी कुरा उल्लेख गर्ने बाचा गरेका थिए ।

शनिबार मात्र उनले आफु निकट जिल्ला र सहकर्मीसंग प्रवक्ताको जिम्मेवारीबाट राजीनामा दिने बताएका थिए । तर निर्धारित कार्यक्रमको केही घण्टा अघिमात्र उनी राजीनामा दिने निर्णयबाट पछि हटेका हुन् ।

‘एन्फाको समग्र कार्यक्रमको विषयमा पत्रकार सम्मेलन गरौं भन्ने थियो । तयारी पुरा भएन । राष्ट्रिय लिगको समेत तयारी भईरहेको छ । तयारी पुरा भएपछि पुन पत्रकार सम्मेलन हुन्छ ।’ प्रवक्ता राईले खेलपाटीसंग भने यस्तो धारणा राखे ।

मुख्य प्रशिक्षकको पछिल्ला गतिविधिबाट प्रवक्ता राई रुष्ट छन् । मुख्य प्रशिक्षकको राजीनामाको विषयमा छानविन गर्न एन्फाले युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको छ ।

छानविन नसकिने बेलासम्म अलमुताइरी प्रशिक्षणमा सहभागी नगराउने सहमती बनेको थियो । तर शनिबार मैत्रीपूर्ण खेलमा सहभागी हुन अलमुताइरी मैदानमा देखिएका थिए । 

अलमुताइरी मैदानमा खेलाडीसंग देखिएपछि राईले थप असन्तुष्ट ब्यक्त गरेका थिए । प्रशिक्षकको गतिविधिबाट रुष्ट राईले प्रवक्ताको जिम्मेवारीबाट अलग हुने तयारी गरेका थिए ।

राजीनामाको तयारी गरेपछि एन्फा अध्यक्ष शेर्पाले आईतबार बिहान प्रवक्तासंग 'लन्च मिटिङ' गरेका थिए । अध्यक्षसंगको भेटपछि प्रवक्ता राई राजीनामा दिने निर्णयबाट पछि हटेका हुन् ।

एन्फाले समेत आईतबार दिउँसको कार्यक्रम स्थगित भएको भन्दै सुचना जारी गरेको छ ।

उदयपुर जिल्लाबाट प्रतिनिधि बनेर आएका राईले अध्यक्ष शेर्पा प्यानलबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए । अध्यक्ष शेर्पाले राईलाई प्रवक्ताको जिम्मेवारी पनि दिए ।

एन्फाको राजनीतिमा प्रवक्ता राई वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ्ग र शेर्पाबीच समदुरीमा राखेर काम गर्दै आएका छन् । तर फुटबल राजनीतिमा शेर्पा र वरिष्ठ उपाध्यक्षबीचको अन्तरसंघर्ष उत्कर्षमा पुगेपछि ‘कित्ता क्लियर’ गर्नुपर्ने दबाब राईमाथि छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bajaj Pulsar Motorcycle Ad
प्रदीप र शिभाली च्याम्पियन

प्रदीप र शिभाली च्याम्पियन

हारबाट जोगियो नव जनजागृति

हारबाट जोगियो नव जनजागृति

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

किरणको कप्तानीमा बंगलादेश र मलेसियासँग खेल्ने टोली घोषणा

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

नेपालले भारतलाई हरायो

नेपालले भारतलाई हरायो

साम्बा सम्मिलित वेलिङ्टन हारबाट जोगियो

साम्बा सम्मिलित वेलिङ्टन हारबाट जोगियो

साम्बाको डेब्युको प्रतीक्षा

साम्बाको डेब्युको प्रतीक्षा

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार