एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद 'टोकियो ओलम्पिक' जापानमा जारी छ ।
टोकियोमा जारि ओलम्पिक अन्तर्गत आइतबार अपरान्ह १२ बजेसम्म कुल १ सय ६३ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ४९ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।
पदक तालिकामा चीनले शीर्ष स्थानमा आफ्नो अग्रता कायमै राखेको छ । चीनलाई अमेरिकाले पछ्याईरहेको छ ।
चीनले २२ स्वर्ण पदकसहित कुल ४७ पदक जितेको छ । दोस्रो स्थानको अमेरिकाले १९ स्वर्ण पदकसहित कुल ५२ पदक जितेको छ ।
तेस्रो स्थानमा रहेको जापानले १७ स्वर्णसहित कुल ३० पदक जितेको छ ।
अष्ट्रेलिया १४ स्वर्णसहित ३१ पदक जितेर चौंथो स्थानमा रहदा रसियन ओलम्पिक टिमले ११ स्वर्णसहित कुल ३८ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।
यस्तै ग्रेट ब्रिटेनले ९ स्वर्ण जित्दा दक्षिण कोरियाले ५ स्वर्ण जितेको छ । फ्रान्स, नेदरल्यान्ड्स र न्युजिल्याण्डले ४/४ स्वर्ण हात परेका छन् ।
जर्मनी, क्यानडा, स्विट्जरल्यान्ड, क्रोएसिया र चेक रिपब्लिकले ३/३ स्वर्ण पदक जितेका छन् । २ स्वर्ण जित्नेमा इटाली, चाईनिज ताइपे, हंगेरी, कोसोभो र स्लोभानिया रहेका छन् ।
त्यस्तै १ स्वर्ण जित्ने राष्ट्रको संख्या २९ पुगेको छ।