काठमाडौं । फुटबल प्रशिक्षक रोजित केसी नगद सहित सम्मानित भएका छन् ।
एन्फा एकेडेमीमा सर्लाही जिल्लाबाट सर्वाधिक खेलाडी पार्न सफल रोजितलाई नगद सहित सम्मान गरिएको हो ।
यू–१३ को खेलाडी छनोटमा सर्लाही जिल्लाबाट सर्वाधिक ५ खेलाडी एन्फा एकेडेमीका लागि छनोट भएका थिए ।
मनोज आचार्य फाउन्डेसनले मोफसलमा बसेर फुटबलमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै रोजितलाई सम्मान गरेका हो ।
सो सागरनाथ युवा क्लबद्धारा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष सुनिल मोक्तानले खेलाडीलाई जनही ५ हजार र प्रशिक्षक केसीलाई नगद २५ हजार सहित सम्मान गरे ।
एन्फा एकेडेमीका पहिलो ब्याजका खेलाडी रोजितले सर्लाहीमा बसेर खेलाडी उत्पादनमा महत्वपुर्ण योगदान गर्दै आएका छन् ।
गत महिना सम्पन्न एन्फा एकेडेमीको यू–१३ टोलीमा रोजितले प्रशिक्षण गराएका ५ खेलाडी छनोट भएका थिए । रोजितद्धारा प्रशिक्षित प्रशान्त मोक्तान, डम्बर बिक, दीपेश डमजन, रोजित घले र नसिब योञ्जनले एन्फा एकेडेमीमा छनोट बताएका थिए ।
उमेर समूहको राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिसकेको रोजितले चोट बोकेपछि प्रशिक्षण करियरलाई अघि बढाएका थिए । उनले संकटा, जावलाखेल लगायतका ए डिभिजन लिग समेत खेलेका थिए ।