काठमाडौं । गोरखाको ऐतिहासिक लिगलिगे राजा छान्ने दौड प्रतियोगिता आगामी असोज २८ गते हुने भएको छ ।
आयोजक लिगलिग कोट बिकास अभियानले मंगलबार पत्रकार सम्मेलन गर्दै हेरेक बर्ष हुँदै आएको प्रतियोगिता असोज २८ गते हुने जानकारी गराएको हो ।
लिगलिगे दौड प्रतियोगिता १३.८ किमिको हुनेछ । चेपेघाटबाट सुरु हुने दौड लिगलिगकोट दरबारमा आएर टुंगिने छ । प्रतियोगिताको विजेताले ६० हजार १ सय नगदसहित लिगलिगेको राजा घोषित गरिनेछ ।
यस्तै विजेतालाई श्रीपेच, पगरी, ट्रफी प्रदान गर्नु साथै एक रात राजाको रुपमा राखिने आयोजकले जनाएको छ । त्यस्तै राजालाई मोटरमा राखेर नगर परिक्रमा गरिने समेत आयोजकले जनाएको छ ।
प्रतियोगितामा दोस्रोले ३५ हजार १ सय, तेस्रोले २५ हजार १ सय, चौथोले १२ हजार १ सय र पाँचौले ७ हजार १ सय नगद पुरस्कार पाउनेछन् । त्यस्तै छैटौंले ५ हजार १ सय, सातौंले ४ हजार १ सय, आठौंले ३ हजार १ सय र नवौले २ हजार १ सय नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।
लिगलिगे दौड अन्तर्गत नै ५ किमिको समावेशी महिलातर्फको विजेताले २० हजार ५, दोस्रोले १२ हजार ५ र तेस्रोले ७ हजार ५ नगद पुरस्कार पाउनेछन् ।
स्थानीय लिगलिग बासीको लागि हुने १३.५ किमीको दौडमा पहिलो हुनेले २० हजार ५, दोस्रोले १२ हजार ५, तेस्रोले ७ हजार ५ र सान्त्वनाले ३ हजार ५ नगद पुरस्कार पाउनेछन् ।
विद्यालय छत्र/छात्राबीच हुने ३ किमीको दौडमा पहिलो हुनेले ५ हजार १ सय, दोस्रोले ३ हजार १ सय र तेस्रोले २ हजार १ सय पाउनेछन् ।
बिसं १९१६ सालमा द्रब्यशाह राजा बनेपछि हुन छाडेको लिगलिगे दौड पछिल्लो आठ वर्ष यता हुँदै आएको छ।
प्रतियोगिताका लागि आउने खेलाडीको लागि खाने बस्ने व्यवस्था आयोजकले नै गर्नेछन् । यस्तै खेलाडीको लागि ७ लाखको बिमा समेत गरिएको आयोजकले जनाएको छ ।