काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले मनाङका बाढी र पहिरो प्रभावितलाई राहत सामग्री वितरण गरेको छ ।
सहिद स्मारक 'ए' डिभिजन क्लब मनाङले शुक्रबार बाढी प्रभावितलाई राहत सामग्री वितरण गरेको हो ।
क्लबले पिसाङ, नगाल र घ्यारुमा राहत वितरण गरिएको जनाएको छ । शनिबार हुन्दे र खाङ्सलमा राहत प्रदान गरिने बताईएको छ ।
निश्याङ मनाङ महिला सोसाइटीको सहयोगमा क्लबले राहत वितरण गरेको हो ।
बाढी र पहिरोको कारण यातायात नचल्दा मनाङले हेलिकप्टर चार्टर गरेर मनाङमा राहत पुर्राएको हो ।
मनाङले पछिल्लो समय खेलकुदसँगै सामाजिक कार्य गर्दै आईरहेको छ ।
मनाङले यस अघि कोरोना प्रभावितलाई निशुल्क खाना वितरण गरेको थियो ।