काठमाडौं । नेपाली सेनाले जापानमा योजना हुने टोकियो ओलम्पिकमा सहभागिता जनाउने आफ्ना दुई खेलाडीलाई बधाई तथा शुभकामना प्रदान गरेको छ ।
जंगी अड्डामा बुधबार एक कार्यक्रमकोबीच सेनाले ओलम्पिक खेल्ने दुई खेलाडीलाई बधाई तथा शुभकामना दिएको हो । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले खेलाडीलाई बधाई तथा जितको शुभकामना दिएका थिए ।
टोकियो ओलम्पिकमा सेनाको त्रिभुवन आर्मी क्लबसँग आबद्द सुटिङकी कल्पना परियार र एथलेटिक्सकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्दैछन् । कल्पनाले १० मिटर एयर राइफल र सरस्वतीले १०० मिटर दौडमा नेपालको प्रतिनिधित्व गर्ने छिन् ।
टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
ओलम्पिक खेल्ने अन्य खेलाडीमा पौडीका गौरिका सिंह, एलेक्जेन्डर शाह र जुडोकी सोनिया भट्ट रहेकी छिन् ।
टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।