पोखरा । फुटबल प्रशिक्षक प्रदिप हुमागाईले सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा एकेडेमीलाई आर्थिक सहयोग गरेका छन् ।
प्रशिक्षक हुमागाईले मंगलबार एकेडेमी पुगेर एक सय डलर (नेपाली करिब ११ हजार) आर्थिक सहयोग गरेका हुन् ।
एकेडेमीलाई मन्दिरको रुपमा मान्ने गरेका हुमागाईले तेस्रो पटक एकेडेमीलाई सहयोग गरेका हुन् ।
हुमागाईले आगामी दिनमा समेत एकेडेमीमा आफुले सक्दो सहयोग गर्ने बताए ।
थ्री स्टारका पूर्व प्रशिक्षक समेत रहेका उनले वालबालिकाहरुलाई राम्रो प्रशिक्षण गर्न सके भविष्यमा राम्रा
खेलाडी उत्पादन गर्न सकिने दाबी बताए ।
सहारा क्लब पोखराका अध्यक्ष केशव बहादुर थापाले हुमागाईलाई हरेक वर्ष सहयोग गरेको धन्यवाद दिएका थिए ।
सहारा एकेडेमीमा १४ जिल्लाका २५ जना विपन्न तथा कठिन परिस्थितीका बालकहरु आश्रित रहेका छन् ।