काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) लाई खेलाडी राख्न सुविधा सम्पन्न होटलको आवश्यकता परेको छ ।
एन्फालाई बन्द प्रशिक्षणमा रहेका खेलाडी र अफिसियल राख्न तीन ठाउमा होटलको आवश्यकता परेको हो ।
एन्फाले एक सूचना निकाल्दै काठमाडौं, पोखरा र नेपालगंजमा चार वा पाँच तारे सुविधा सम्पन्न होटल आवश्यकता परेको जनाएको छ ।
यस्तै एन्फाले तीन वटै ठाउमा चाहेको सेवा दिन सक्ने होटल व्यवसायीलाई विवरण पठाउन आग्रह समेत गरेको छ ।
नेपाली राष्ट्रिय फुटबल टिमले आइतबारबाट प्रारम्भिक बन्द प्रशिक्षण सुरु गरिसकेको छ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणका लागि ५० खेलाडीलाई बोलाएका छन् ।
प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि ५० खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो ।