काठमाडौं । नेपाल प्रहरीले विभिन्न ११ खेलबाट ३० खेलाडीका लागि भर्ना खुल्ला गरेको छ ।
प्रहरीले सोमबार भर्ना सम्बन्धी सूचना निकाल्दै ३० खेलाडीको लागि दरखास्त आह्वान गरेको हो ।
नेपाल प्रहरीको मानव स्रोत विकास विभागले कार्यालय सहयोगीको रुपमा ३० खेलाडीका लागि भर्ना खुल्ला गरेको जनाएको छ ।
फुटबलमा पुरुष/महिला, भलिबलमा महिला/ पुरुष , क्रिकेट, तेक्वान्दो, भारोत्तोलन, कराँते, जुडो, एथ्लेटिक्स, बक्सिङ, महिला कबड्डी र ब्याटमिन्टनमा प्रहरीले भर्ना खुल्ला गरेको हो ।
जसमा खुल्लातर्फ १६, प्रहरी परिवारमा १, महिला २, आदिवासी जनजाति ४, मधेसी ४, दलित २ र पिछडिएको क्षेत्रको लागि १ कोटा छुट्टाएको छ ।
दरखास्तको लागि आगामी असोज २९ गतेसम्मको समय दिइएको छ ।