एजेन्सी । बेलायती फर्मुला वान चालक लेविस ह्यामिल्टनले मर्सिडिजसँग नयाँ सम्झौता गरेका छन् ।
विश्व च्याम्पियन ह्यामिल्टनले मर्सिडिजसँग थप दुई वर्षको नयाँ सम्झौता गरेका छन् ।
नयाँ सम्झौतासँगै ह्यामिल्टन सन् २०२३ को सिजनसम्म मर्सिडिजमा रहने छन् ।
ह्यामिल्टन २०१२ मा म्याकलरेनबाट मर्सिडिजमा अनुबन्धित भएका थिए ।
३६ वर्षीय ह्यामिल्टन गत वर्ष सातौं पटक फर्मुला वानको विश्व च्याम्पियन बनेका थिए ।
ह्यामिल्टनले सर्वाधिक धेरै विश्व च्याम्पियनसिपको उपाधि जित्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरेका थिए ।
ह्यामिल्टनले जर्मनीका लिजेण्ड खेलाडी माइकल सुमाकरको नाममा रहेको ७ विश्व च्याम्पियनसिप उपाधिको कीर्तिमानसँग बराबरी गरेका हुन् ।
यस्तै ह्यामिल्टनको नाममा सर्वाधिक धेरै फर्मुला वानको उपाधि जित्ने खेलाडीको कीर्तिमान रहेको छ ।