एजेन्सी । अमेरिकी टेनिस स्टार सेरेना विलियम्सले टोकियो ओलम्पिक नखेल्ने भएकी छिन् ।
आईतबार उनले यस वर्ष हुने टोकियो ओलम्पिक नखेल्ने पुष्टि गरेकी हुन् ।
उनले यसको कारण बताएकी छैनिन् ।
२३ पटक ग्रान्डस्लाम जितेकी सेरेनाले टोकियो ओलम्पिकका लागि आफु अमेरिकी टिममा नभएको बताईन् ।
विम्बल्डनको एक दिन अघि सेरेनाले भनिन्, हो, ‘वास्तवमा म ओलम्पिक सूचीमा छैन । यसो हैन कि मलाई यसबारे थाहा छैन । यदी यो सही हो भने मलाई त्यहाँ हुनु छैन ।’
उनले भनिन्, ‘ओलम्पिकलाई लिएर गरिएको यस निर्णयमा धेरै कारण छन् । वास्तवमा म उहाँ जान चाहदैन । माफी चाहन्छु ।’
जुलाई २३ बाट टोकियो ओलम्पिक सुरु हुदैछ । राफेल नाडाल सहित डोमिनिक थिएम जस्ता शीर्ष खेलाडीले समेत टोकियो ओलम्पिक नखेल्ने बताएका छन् ।
रोजर फेडेररले समेत शनिबारसम्म पनि आफुले ओलम्पिक खेल्ने विषयमा निर्णय गरिनसकेको बताए । उनले विम्बल्डनको प्रर्दशन अनुसार आफुले थप निर्णय लिने बताएका छन् ।