काठमाडौं । मोटर स्पोर्ट्सको विख्यात ब्राण्ड फर्मुला वानको विश्व ब्यापी अभियान 'एफ वान इन स्कुल्स' नेपालमा संचालन हुने भएको छ ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) नेपालले मोटर स्पोर्ट्सको विश्व गभर्निङ बडी एफआईएको सहयोगमा फर्मुला वानको अभियान अन्तर्गत नेपाली भर्सन 'स्कुल्स टु ट्रयाक' सुरु गर्न लागिएको जनाएको छ ।
ईन्जिनियरिङ्ग तथा व्यवस्थापन कलेजका महिला विद्यार्थीहरु बिचमा हुने यस अभियान यहि जुन देखि आगामी डिसेम्बर सम्ममा संचालन गरिने नासाले जनाएको छ ।
नेपालका स्कुल÷कलेजका २०० विद्यार्थी माझमा चलाइने यो अभियानको सुरुवाती चरणमा एफ वान इन स्कुल्स सम्बन्धि तालिम दिइनेछ । फाइनल चरणमा ३० जनाको प्रयोगात्मक तालिम र जुनियर स्तरको कार्टिङ्ग प्रतियोगिता आयोजना गरिनेछ ।
कुल ९५ लाख खर्च लाग्ने अभियानमा एफआईएले ७० लाख बराबरको आर्थिक तथा प्राविधिक सहयोग गर्नेछ भने बाकीँ रकम नासा नेपाल, सम्बन्धित कलेज तथा स्पोन्सरहरुबाट उठाइने बताईएको छ ।