चिलीको पहिलो जित
शनिबार, ०५ असार २०७८खेलपाटी संवाददाता

एजेन्सी । चिलीले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा पहिलो जित निकालेको छ ।
शनिबार बिहान भएको खेलमा बोलिभियालाई १-० गोल अन्तरले पराजित गर्दै चिलीले पहिलो जित निकालेको हो ।
चिलीलाई जित दिलाउन बेन ब्रेरेटोनले निर्णायक गोल गरे ।
खेलको दशौँ मिनेटमा बेनले निर्णायक गोल गरेका हुन् । उनले एड्वार्डो भेर्गासको पासमा गोल गरेका हुन् ।
जितसँगै समूह 'ए' को चिलीले २ खेलमा ४ अंक जोडेको छ । चिली समूहको दोस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा चिलीले अर्जेन्टिनासँग १-१ गोलको बराबरी खेलेको थियो । अर्जेन्टिना शीर्ष स्थानमा रहेको छ ।
पुछारमा रहेको बोलिभियाको यो लगातार दोस्रो हार हो ।






-1766460697450.webp&w=3840&q=75)


-1766479491057.jpeg&w=3840&q=75)




