इंग्ल्यान्ड र स्कटल्याण्डको बराबरी
शुक्रबार, असार ४, २०७८खेलपाटी संवाददाता

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग बराबरी खेल्दै अंक बाडेको छ ।
वेम्बली स्टेडियममा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले स्कटल्याण्डसँग गोलरहित बराबरी खेलेको हो ।
खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । जसको कारण खेल बराबरीमा सकिएको हो ।
पहिलो हाफको १२ औं मिनेटमा इंग्ल्यान्डका जोन स्टोन्सको हेडर बल पोस्टमा लागेर फर्किएको थियो ।
यस बराबरीसँगै समूह 'डी’ को इंग्ल्यान्डले २ खेलमा ४ अंक जोडेको छ ।
इंग्ल्यान्ड समूहको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० गोल अन्तरले हराएको थियो ।
स्कटल्याण्डको भने यो पहिलो अंक हो । स्कटल्याण्डले २ खेलमा १ अंक जोडेको छ ।
पुछारमा रहेको स्कटल्याण्ड पहिलो खेलमा चेक रिपब्लिकसँग २–० गोल अन्तरले स्तब्ध भएको थियो ।







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)


