बुफोन पर्मा फर्किए
बिहिबार, ०३ असार २०७८खेलपाटी संवाददाता

एजेन्सी । इटालियन गोलकिपर जियानलुइजी बुफोन दोस्रो डिभिजन क्लब पर्मा फर्किएका छन् ।
पर्माले बिहीबार भेट्रान गोलकिपर बुफोनलाई अनुबन्ध गरिएको जनाएको छ ।
पर्माले सामाजिक संजालबाट सुपरम्यान घर फर्किएको जनाएको छ ।
इटालीका पूर्व कप्तान समेत रहेका बुफोनले पर्मासँग दुई वर्षको सम्झौता गरेका छन् ।
४३ वर्षीय गोलकिपर बुफोन क्लब छाडेको २० वर्षपछि पर्मा फर्किएका हुन् ।

पर्माको एकडेमीमा हुर्किएका बुफोन २००१ मा युभेन्ट्स आएका थिए ।
युभेन्ट्समा १७ वर्ष बिताएर बुफोन सन् २०१८ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका थिए ।
तर, उनी पीएसजीमा एक सिजन बिताएर पुन: युभेन्ट्स फर्किएका थिए ।
उनको युभेन्ट्ससँगको सम्झौता यस सिजनको अन्त्यसँगै सकिएको थियो ।
बुफोनले युभेन्ट्सबाट १० सिरी उपाधि जितेका छन् । यस्तै ४ पटक कोपा इटालिया जितेका छन् ।






-1766460697450.webp&w=3840&q=75)


-1766479491057.jpeg&w=3840&q=75)




