इमिलियानो भिल्लामा अनुबन्धित
सोमबार, जेठ २४, २०७८खेलपाटी संवाददाता
एजेन्सी । प्रिमियर लिग क्लब एस्टन भिल्लाले अर्जेन्टिनाका मिडफिल्डर इमिलियानो बुएनडियालाई अनुबन्धित गरेको छ ।
भिल्लाले सोमबार नर्विच सिटीका मिडफिल्डर इमिलियानोलाई अनुबन्ध गरिएको जनाएको छ ।
'एस्टन भिल्ला र नर्विच सिटीबीच इमिलियानो बुएनडियाको हस्तान्तरणका लागि सम्झौता भएको छ,' भिल्लाले भनेको छ ।
भिल्लाले उनी अर्जेन्टिनाको टिम रहेको र बायो बबल्सबाट निस्किएपछि अन्तिम सम्झौता हुने जनाएको छ ।
आर्सनल जाने चर्चा चलिरहेको बेला भिल्लाले इमिलियानोलाई अनुबन्ध गरेको हो ।
२४ वर्षीय मिडफिल्डरले यस सिजन च्याम्पियनसिपमा ३९ खेलमा खेल्दै १५ गोल गरेका छन् । उनले १६ असिस्ट समेत गरेका थिए ।
इमिलियानो यस सिजनको च्याम्पियनसिपमा प्लेयर अफ दि सिजन समेत चुनिएका थिए ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)