ब्रुएनलाई ‘पीएफए प्लेयर अफ दि इयर’ अवार्ड
सोमबार, जेठ २४, २०७८खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुएनले ‘पीएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन् ।
यस सिजनको उत्कृष्ट खेलाडी बन्दै ब्रुएनले प्रोफेसनल फुटबलर एसोसिएसन (पीएफए) ले प्रदान गर्ने अवार्ड जितेका हुन् ।
ब्रुएनले लगातार दोस्रो सिजन यस अवार्ड जितेका हुन् ।
म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि दिलाउन ब्रुएनले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ६ गोल र १२ असिस्ट गरेका थिए ।
यस्तै महिलातर्फ चेल्सीकी फ्रान किर्बीले यस अवार्ड जितिन् ।
यस्तै युवा खेलाडीको अवार्ड सिटीकै फिल फोडेनले हात पारे ।
महिलातर्फको युवा खेलाडीको अवार्ड सिटीकै लाउरेन हेम्पले जितिन् ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)