जर्मनी युराेपियन च्याम्पियन
आइतबार, जेठ २३, २०७८खेलपाटी संवाददाता

काठमाडौं । पोर्चुगललाई हराउँदै जर्मनी यू–२१ फुटबलको युराेपियन च्याम्पियन बनेको छ ।
आईतबार राति भएको फाईनल खेलमा जर्मनीले पोर्चुगललाई १–० गोल अन्तरले पराजित गर्यो ।
जर्मनीको जितमा लुकास नेमेचाले विजयी गोल गरे । उनले खेलको ४९ औ मिनेटमा गोल गर्दै जर्मनीको युथ टिमलाई युरो च्याम्पियन बनाए ।
जर्मनीले तेस्रो पटक यू–२१ को युरो च्याम्पियन बनेको हो । पोर्चुगल यसपटक समेत फाईनलमा उपाधि जित्नबाट बञ्जित बन्यो ।
तेस्रो पटक फाईनल खेलेको पोर्चुगल यसपटक समेत उपाधिबाट बञ्जित बनेको हो ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)