डियासलाई ‘प्लेयर अफ दि सिजन’अवार्ड
शनिबार, जेठ २२, २०७८खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका डिफेन्डर रुबेन डियासले ‘प्रिमियर लिग प्लेयर अफ दि सिजन’ अवार्ड जितेका छन् ।
यस सिजनको उत्कृष्ट खेलाडी बन्दै डियासले ‘प्रिमियर लिग प्लेयर अफ दि सिजन’ अवार्ड पाएका हुन् ।
प्रिमियर लिगले शनिबार पोर्चुगिज डियासलाई ‘प्लेयर अफ दि सिजन’ घोषित गरेको हो ।
डियास यस अवार्ड जित्ने पाँचौं डिफेन्डर हुन् ।
२४ वर्षीय डियासले यस अघि फुटबल राइरटर्स एसोसिएसनले प्रदान गर्ने ‘फुटबलर अफ दि इयर’ अवार्ड पाएका थिए ।
यस सिजन सिटीले प्रिमियर लिगको उपाधि जितेको छ । र, सिटीको उपाधि यात्रामा डियासले उत्कृष्ट प्रदर्शन गरेका थिए ।










-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)