बुधबार, ०९ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

आक्रमण फुटबल खेल्न सक्छौं – कप्तान किरण

शुक्रबार, २१ जेठ २०७८हिम बिक्रम केसी
आक्रमण फुटबल खेल्न सक्छौं – कप्तान किरण
Classic Tech Internet Ad

कुवेत। राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले कुनैपनि टिमविरुद्ध नेपालले आक्रमण फुटबल खेल्न सक्ने बताएका छन् ।

नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको नेतृत्वमा विश्वकप छनोट अन्तर्गत चाईनिज ताईपेविरुद्ध २–० को जित निकालेपछि कप्तान किरणले सो कुरा बताएका हुन् ।

‘सबै टिमलाई आक्रमण गर्न सक्छौं । पहिला रक्षात्मक मात्र थियौं । अहिले सबैको आत्मविश्वास बढेको छ । गोल गर्न सक्छौं भन्ने भावनाको विकास भएको छ । एकदमै फरक स्तरमा पुगेको अनुभव गरेका छौं ।’ उनले कुवेतमा सञ्चारकर्मीसंग भने ।

कप्तान किरणले राष्ट्रिय फुटबल टिममा आएको परिवर्तनको श्रेय मुख्य प्रशिक्षकलाई दिए ।

‘प्रशिक्षकले नयाँ आत्मवश्वास दिएका छन् । हामीले राम्रो फुटबल खेल्न सक्छौं र कुनैपनि टिमलाई आक्रमण गर्न सक्छौं भन्ने आत्मविश्वास जगाएका छन् ।’ किरणले भने, ‘सबै खेलाडीमा त्यो वातावरण सिर्जना गरिदिएका छन् । खेलाडीको दिमागमा राम्रो फुटबल खेल्न सक्छौं भन्ने विकास भएको छ । यसले फुटबल टिम धेरै फरक देखिएको छ । एक–एक खेलाडीमा महशुश गरेको छु ।’

कप्तान किरणले राष्ट्रिय टिमका परेका नयाँ खेलाडीको प्रर्दशनको खुलेर तारिफ गरे । उनले प्रतिद्धन्दी टिमसंग भिड्ने खेलाडीको आत्मबलको प्रशंसा गरे ।

‘क्षमता भएर नयाँ खेलाडी टिममा आएका हुन् । उनीहरुमा प्रतिद्धन्दी टिमसंग लडाँई गर्ने गज्जबको आत्मबल देखिन्छ ।’ उनले भने ।

कप्तान चेम्जोङले युवा खेलाडीको आगमनसंगै राष्ट्रिय टिममा एकदमै प्रतिस्पर्धा बढेको बताए । उनले पछिल्लो समय राष्ट्रिय टिमका कुनैपनि पोजिसन सुरक्षित नदेखिएको बताए ।

‘राष्ट्रिय टिममा एकदमै प्रतिस्पर्धा भएको छ । कुनैपनि पोजिसन सुरक्षित छैन । त्यो एकदमै राम्रो हो ।’ यसले फुटबल टिम बलियो बन्छ । नयाँ खेलाडी राम्रा छन् । प्रशस्त क्षमता छ । उनले थपे ।

राष्ट्रिय टिमसंगै अन्तराष्ट्रिय क्लब फुटबलमा समेत राम्रो प्रगति गरिरहेका किरणले प्रशंसकको आलोचनामा भने चित्त दुखाएका छन् । उनले खेलाडीबाट गल्ती हुने उल्लेख गर्दै यसलाई खेलको एक भागको रुपमा बुझ्न अनुरोध गरे ।

‘खेलाडीलाई आलोचना र आरोप धेरै नलगाउनुहोस । राष्ट्रका लागि हामी सधै मर्न तयार हुन्छौं । कहिले काही गल्ती हुन्छ । नेपाली फुटबल संस्कृतिमा आरोप लगाउने प्रचलन छ । नकारात्मक पोस्टहरु गर्ने देखिन्छ ।’ उनले भने, ‘कुनै खेलाडीले त्यसलाई नियन्त्रण गर्न सक्छ । तर कुनै राम्रा खेलाडी हतोत्साहीत पनि हुन्छ ।’

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 लिग कपको सेमिफाइनलमा चेल्सी र आर्सनल भिड्ने

लिग कपको सेमिफाइनलमा चेल्सी र आर्सनल भिड्ने

रेखा र दिपासम्मिलित माजियाले जित्यो एफएएम महिला लिग

रेखा र दिपासम्मिलित माजियाले जित्यो एफएएम महिला लिग

सतिसाले गोल्डकपको उपाधि पथरी–११ लाई

सतिसाले गोल्डकपको उपाधि पथरी–११ लाई

Bajaj Pulsar Motorcycle Ad
अस्ट्रेलिया लाग्दै अरुणा

अस्ट्रेलिया लाग्दै अरुणा

 लिग कपको सेमिफाइनलमा चेल्सी र आर्सनल भिड्ने

लिग कपको सेमिफाइनलमा चेल्सी र आर्सनल भिड्ने

रेखा र दिपासम्मिलित माजियाले जित्यो एफएएम महिला लिग

रेखा र दिपासम्मिलित माजियाले जित्यो एफएएम महिला लिग

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

सतिसाले गोल्डकपको उपाधि पथरी–११ लाई

सतिसाले गोल्डकपको उपाधि पथरी–११ लाई

सविताको घुँडाको शल्यक्रिया, वर्षदिन आराम गर्ने

सविताको घुँडाको शल्यक्रिया, वर्षदिन आराम गर्ने

नवौं एनभीए च्याम्पियनसिप खेल्न नेपाल फर्किँदै प्रतिभा

नवौं एनभीए च्याम्पियनसिप खेल्न नेपाल फर्किँदै प्रतिभा

मुख्य प्रशिक्षक हर्षल भन्छन्–  महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

मुख्य प्रशिक्षक हर्षल भन्छन्– महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ