सिल्भाद्वारा सम्झौता नवीकरण
शुक्रबार, २१ जेठ २०७८खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब चेल्सीका डिफेन्डर थियागो सिल्भाले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
सिल्भाले शुक्रबार सन् २०२२ सम्म क्लबमा रहने गरि चेल्सीसँगको सम्झौता नवीकरण गरेका छन् ।
ब्राजिलियन सिल्भा गत सिजन फ्रि ट्रान्सफरमा चेल्सी आएका थिए ।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको सम्झौता सकिएपछि उनी चेल्सी आएका हुन् ।
३६ वर्षीय सिल्भाले चेल्सीका लागि ३४ खेल खेलेका छन् ।
सिल्भा सन् २०१२ मा एसी मिलानबाट पीएसजी आएका थिए ।
पीएसजीमा आठ वर्ष रहदा सिल्भाले ७ पटक लिग वानको उपाधि जितेका थिए ।






-1766541370309.webp&w=3840&q=75)




-1766493993239.jpg&w=3840&q=75)

-1766479491057.jpeg&w=3840&q=75)