इन्टरमै बस्छु - लुकाकु
बिहिबार, जेठ २०, २०७८खेलपाटी संवाददाता

एजेन्सी । इटालियन क्लब इन्टर मिलानका स्ट्राइकर रोमेलु लुकाकुले आफु इन्टरमै बस्ने बताएका छन् ।
बेल्जियमको एक टेलिभिजनसँग कुरा गर्दै लुकाकुले आफु क्लबमा खुसी रहेको र इन्टरमै बस्ने बताएका हुन् ।
'म बस्नेछु । इन्टरमा मैले सहज महसुस गरेको छु,' लुकाकुले भने ।
बेल्जियमका लुकाकु सन् २०१९ मा म्यानचेस्टर युनाईटेडबाट इन्टर आएका थिए ।
चेल्सीका पूर्व स्ट्राइकर समेत रहेका लुकाकुले इन्टरका लागि ९५ खेलमा ६४ गोल गरिसकेका छन् ।
यस सिजन इन्टरलाई सिरी 'ए' उपाधि दिलाउन लुकाकुले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
लुकाकुले यस सिजन ३६ खेलमा २४ गोल गरेका थिए ।
इन्टरले ११ वर्षपछि लिगको उपाधि जितेको हो ।







-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

