इंग्ल्यान्डको जितमा साकाको गोल
बिहिबार, २० जेठ २०७८खेलपाटी संवाददाता

एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्डले जित निकालेको छ ।
बुधबार राती भएको खेलमा इंग्ल्यान्डले अष्ट्रियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
इंग्ल्यान्डको जितमा बुकायो साकाले निर्णायक गोल गरे ।
उनले खेलको ५६ औं मिनेटमा गोल गरे ।
आर्सनलका युवा खेलाडी साकाको यो पहिलो अन्तराष्ट्रिय गोल समेत हो ।
युरोकप फुटबलको तयारीका लागि इंग्ल्यान्डले अष्ट्रियासँग मैत्रीपूर्ण खेल खेलेको हो ।
युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।
युरोकपमा इंग्ल्यान्ड समूह 'डी' मा रहेको छ ।
यस समूहमा इंग्ल्यान्डसँगै क्रोएसिया, स्कटल्याण्ड र चेक रिपब्लिक रहेका छन् ।
अर्को मैत्रीपूर्ण खेलमा जर्जियाले रोमानियालाई २-१ ले हराएको छ ।






-1766541370309.webp&w=3840&q=75)





-1766493993239.jpg&w=3840&q=75)
