बार्सिलोनाले अनुबन्ध गर्यो इमर्सन
बुधबार, १९ जेठ २०७८खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले ब्राजिलियन डिफेन्डर इमर्सन रोयललाई अनुबन्धित गरेको छ ।
बार्सिलोनाले स्पेनिस क्लब रियल बेटिसबाट डिफेन्डर इमर्सनलाई अनुबन्ध गरेको हो ।
बार्सिलोनाले इमर्सनलाई ९ मिलियन युरोमा क्लब भित्र्याएको हो ।
राइट ब्याक इमर्सनले बार्सिलोनासँग २०२४ सम्मको सम्झौता गरेका छन् ।
२२ वर्षीय डिफेन्डरले यस सिजन ला लिगामा ३४ खेलमा १ गोल गरेका थिए ।
उनी ब्राजिलको राष्ट्रिय टिममा समेत रहेका छन् ।






-1766541370309.webp&w=3840&q=75)





-1766493993239.jpg&w=3840&q=75)
