बुधबार, ०९ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

कुवेतको मौषममा खेल्न कठिन छ - प्रशिक्षक अलमुताईरी

बुधबार, १९ जेठ २०७८खेलपाटी संवाददाता
कुवेतको मौषममा खेल्न कठिन छ - प्रशिक्षक अलमुताईरी
Classic Tech Internet Ad

काठमाडौं । सन् २०२२ को फिफा विश्वकप र सन् २०२३ को एसिया कपको लागि दोस्रो चरणको छनोट अन्तर्गत नेपालले भोलि (बिहीबार) चाईनिज ताईपेविरुद्ध खेल्दैछ ।

अरेबियन मुलुक कुवेतको राजधानी कुवेत सिटीमा नेपालले ताईपेसँग प्रतिस्पर्धा गर्ने छन् । नेपाल र ताइपेबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

ताइपेविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ । तर, ४५ डिग्री सेल्सियस माथिको कुवेतको गर्मी मौषमले नेपाली टोलीलाई सताएको छ ।

ताइपेसँगको खेल अघि नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले कुवेतको मौषममा खेल्न कठिन हुने बताए ।

'कुवेतको मौषममा खेल्न सहज छैन । दुबै टिमका लागि कठिन हुनेछ,' प्रि-म्याच कन्फरेन्समा प्रशिक्षक अलमुताईरीले भने ।

प्रशिक्षक अलमुताईरीले ताइपेविरुद्ध जित निकाल्दै एसिया कपमा छनोट हुने सम्भावना जीवित राख्ने लक्ष्य लिएको समेत बताए ।

'हामी छनोटको चौंथो स्थानमा रहेर एसियन कपमा छनोट हुने मौका कायम राख्न चाहन्छौं । त्यसैले हामीले भोलिको खेल जित्न चाहन्छौ,' प्रशिक्षक अलमुताईरीले भने, 'हामीले धेरै मैत्रीपूर्ण खेल पाएनौं । हामीसँग युवा टिम छ तर प्रतिभावान टिम र खेलाडी छन् । उनीहरुलाई हामीले जोड दिनुपर्छ ।'

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर, नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसिया छनोटको तेस्रो चरणमा स्थान बनाउने सुनौलो अवसर रहेको छ ।

समूह 'बी' मा नेपाल ५ खेलबाट १ जित सहित ४ हार ब्यहोर्दै चौथो स्थानमा रहँदा ताईपे ५ खेलबाट अंक विहीन हुदै तालिकाको पुछारमा छ ।

४ खेलबाट शत प्रतिशत १२ अंक जोडेको अष्ट्रेलिया पहिलो स्थानमा छ । ५ खेलबाट समान १० अंक बनाएका कुवेत र जोर्डन गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

चाईनिज ताईपेविरुद्धको हेड टु हेडमा भने नेपाल बलियो देखिएको छ । नेपाल र ताइपे अहिलेसम्म दुई पटक भिडेका छन् ।

पहिलो भेट बराबरमा सकिएको थियो भने दोस्रो भेटमा नेपालले २–० को बाजी मारेको थियो ।

ताइपेका प्रशिक्षक भोम का हुमले खेलमा मौषमको चुनौती सबैभन्दा बढी भएको बताए ।

'हामीलाई यहाँको मौषम अनुकुल हुन कठिन भईरहेको छ । र, हाम्रो लागि मुख्य चुनौती मौषम हो,' उनले भने ।

प्रशिक्षक भोमले टिमको मुख्य खेलाडीहरु कोरोनाको कारणले टिममा सामेल नभएको तर नयाँ खेलाडीले आफुलाई प्रमाणित गर्ने समेत बताए ।

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 लिग कपको सेमिफाइनलमा चेल्सी र आर्सनल भिड्ने

लिग कपको सेमिफाइनलमा चेल्सी र आर्सनल भिड्ने

रेखा र दिपासम्मिलित माजियाले जित्यो एफएएम महिला लिग

रेखा र दिपासम्मिलित माजियाले जित्यो एफएएम महिला लिग

सतिसाले गोल्डकपको उपाधि पथरी–११ लाई

सतिसाले गोल्डकपको उपाधि पथरी–११ लाई

Bajaj Pulsar Motorcycle Ad
 नवौं एनभीए कप खेल्न माजरसहित ३ खेलाडी आए नेपाल

नवौं एनभीए कप खेल्न माजरसहित ३ खेलाडी आए नेपाल

अस्ट्रेलिया लाग्दै अरुणा

अस्ट्रेलिया लाग्दै अरुणा

 लिग कपको सेमिफाइनलमा चेल्सी र आर्सनल भिड्ने

लिग कपको सेमिफाइनलमा चेल्सी र आर्सनल भिड्ने

रेखा र दिपासम्मिलित माजियाले जित्यो एफएएम महिला लिग

रेखा र दिपासम्मिलित माजियाले जित्यो एफएएम महिला लिग

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

सतिसाले गोल्डकपको उपाधि पथरी–११ लाई

सतिसाले गोल्डकपको उपाधि पथरी–११ लाई

सविताको घुँडाको शल्यक्रिया, वर्षदिन आराम गर्ने

सविताको घुँडाको शल्यक्रिया, वर्षदिन आराम गर्ने

नवौं एनभीए च्याम्पियनसिप खेल्न नेपाल फर्किँदै प्रतिभा

नवौं एनभीए च्याम्पियनसिप खेल्न नेपाल फर्किँदै प्रतिभा