बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

युद्धपछि बेल्जियमको संघर्ष

आइतबार, १६ जेठ २०७८दिपेश तिमल्सिना
युद्धपछि  बेल्जियमको संघर्ष
Loading ad...
mustang rice ad

काठमाडौं । जब फुटबलको इतिहास सम्झन्छौँ पक्कै पनि बेल्जियमलाई सम्झन्छौँ  ।

बेल्जियम पहिलो यूरोपियन देश हो जसले एसोसियसन फुटबल खेल्थ्यो । सन् १८६३ को सुरुवातबाट बेल्जियममा फुटबल प्रारम्भ भयो । त्यसपछिका धेरै दशकहरूमा बेल्जियमले फुटबलमा आरोह अवरोहको अनुभव गर्यो ।

बेल्जियमले १३ विश्वकप र ५ यूरोपीयन च्याम्पियनशिपको खेलेको छ । बेल्जियमले २०१८ को विश्वकपमा तेस्रो स्थानमा हासिल गर्यो भने १९८० को युरोमा दोस्रो बनेको थियो ।

बेल्जियममा सन् १८६३ मा सिरिल बी मोरोघ नामक एक आईरिस विद्यार्थीले मेलेको जोसेफाइट कलेजमा छालाको बल ल्याएका थिए । यहिबाट सुरु भएको बेल्जियमको फुटबलले त्यहाँको लोकप्रिय खेल रग्बीलाई पछाडी पार्यो ।

१८९५ मा त्यहाँका फुटबल, क्रिकेट, साइक्लिङ र एथलेटिक्समा विशेषज्ञता भएका १० क्लबले यूबीएसएसए, एक राष्ट्रिय एथलेटिक्स खेल संघ स्थापना गरे । अर्को वर्ष यूबीएसएसएले पहिलो बेल्जियम फुटबल लिग आयोजना गर्यो ।

Soccer, football or whatever: Belgium Greatest All-time team

यी घटनाक्रमले बेल्जियमको राष्ट्रिय फुटबलमा रुचि बढायो । सन् १९०० मा, बियरस्कट एसीका अध्यक्ष जोर्गे डियाजले बेल्जियमलाई विभिन्न विपक्षीहरूको विरूद्ध सामना गर्ने सक्षम बनाउने सिरिजहरुको आयोजना गरे । उनीहरूको पहिलो चुनौती नेदरल्याण्ड्स 'बी' टिम  थियो । तर, बेल्जियमले नेदरल्याण्ड्स 'बी' टिमसँग खेलेका चार वटै खेल जित्यो । उक्त बेल्जियमको टोलीमा केही बेलायती खेलाडी समावेश गरिएको थियो । त्यसैले बेल्जियमको पहिलो आधिकारिक खेल फ्रान्ससँगको मानिन्छ । जुन खेल बेल्जियमले ३–३ को बराबरी खेलेको थियो ।

सन् १९०५ पछि बेल्जियम र नेदरल्याण्ड्स एक अर्कामा भेला हुने र सिरिज खेल्न थाले । जुन तल्लो स्तरको देशको डर्बीको रूपमा परिचित थियो । यसले दुबै देशको परम्परागत प्रतिस्पर्धाको विकासमा ठूलो भूमिका खेलेको थियो । यसै क्रममा एक डच रिपोर्टरले बेल्जियमका खेलाडीको खेल कौशललाई हेर्दै  'रेड डेभिल' को शंज्ञा दिए । जुन नामले बेल्जियम पछिल्लो समय चिनिन थाल्यो ।

बेल्जियम सन् १९२० को ओलम्पिकमा पहिलो पटक आधिकारिक रूपमा देखा  पर्यो । उनीहरूले घरेलु मैदानमा स्वर्ण पदक जिते । तर, यस फाइनल खेलमा रेफ्रीका कारण विवाद उत्पन्न भएपछि विपक्ष टोली चेकोस्लोभाकियाले मैदान छोडेको थियो । उनीहरु रेफ्री जोन लुइसको निर्णयबाट खुसी थिएनन् । जसले विवादास्पद गोलको अनुमति दिएका थिए भने चेकोस्लोभाकियाका लेफ्ट ब्याक डिफेन्डर रातो कार्ड दिदै मैदान बाहिर पठाएका थिए । विवादास्पद बनेको खेलमा बेल्जियमलाई स्वर्ण पदक दिइएको थियो ।

त्यसपछि बेल्जियमले सुरुवाती तीन विश्वकप (१९३०, १९३४, १९३८) मा पनि लगातार सहभागिता जनायो ।  जहाँ तीन विश्वकपमा खेलेका चार खेल नै बेल्जियमले पराजय भोगेको थियो । बेल्जियमले मध्य यूरोप, दक्षिण अमेरिका र स्कान्डिनेभियाका टोलीहरूसँग प्रतिस्पर्धा गर्न सकेन् । जहाँ फुटबलको लोकप्रियताले उच्च रुप लिएको थियो । तर, दोस्रो विश्व युद्धका कारण बेल्जियमले सबै आधिकारिक गतिविधिहरू बन्द गर्नु पर्यो ।

युद्धपछिको संघर्ष

युद्धपछिको अवधिले बेल्जियमका लागि थप कठिनाइहरू ल्यायो । सन् १९५० देखि १९६८ सम्मका आठ प्रमुख प्रतियोगिताहरु मध्ये बेल्जियमले एक पटक मात्र १९५४ को विश्वकपमा छनोट भयो । उक्त विश्वकपमा इङ्ल्यान्डसँग ४–४ को बराबरी खेलेपछि दोस्रो खेलमा इटालीसँग ४–१ ले पराजित भयो र प्रतियोगिताबाट बाहिरिन पुग्यो ।

सन् १९५८ को विश्वकप छनोटमा  उनीहरूलाई '‘लक्कि लुजर' को रूपमा चित्रित गरियो र बेल्जियमलाई इजरायलविरूद्ध खेल्ने मौका दियो । तर उनीहरुले इजरायलविरुद्ध खेल्न अस्विकार गरे ।

बेल्जियम आफ्नो लक्ष्य भन्दा निकै टाढा थियो । तर, बेल्जियम टोलीको प्रतिभा मैत्रीपूर्ण खेलहरूमा प्रस्ट देखिन्थ्यो । बेल्जियमले दुई विश्व कप विजेता वेस्ट जर्मनी र ब्राजिल तथा हंगेरीको गोल्डेन टिमलाई पराजित गर्यो । उनीहरूको प्रतिस्पर्धी खेलसँगको नतिजापछि बेल्जियम फेरी  'मित्रताको विश्व च्याम्पियन' भनेर चिनिन थाल्यो ।

बेल्जियम फुटबलमा भान हिमस्ट युग

प्रारम्भिक १९७० को दशकमा बेल्जियमले केही कदम अगाडी बढायो । १९७० को विश्वकपका लागि छनोट भएपछि बेल्जियमले विश्वकपमा पहिलो जित निकाल्यो । जहाँ एल साल्भाडोरलाई बेल्जियमले ३–० ले पराजित गरेको थियो । तर, बेल्जियमले बाँकी दुई खेलमा पराजय भोगेपछि नकआउट चरणहरूको लागि छनोट हुन सकेन् ।

दुई वर्ष पछि, बेल्जियमले १९७२ को यूरोकपका लागि अन्तिम चरणमा प्रवेश गर्यो । सेमीफाइनलमा पश्चिम जर्मनीसँग हार्न पुग्यो । तर, हंगेरीलाई २–१ ले हराउँदै तेस्रो बन्यो ।

यस अवधिमा, बेल्जियम रेमन्ड गोथल्सको प्रशिक्षणमा थियो । राष्ट्रिय टोलीमा उनका धेरै योगदानहरू मध्ये गोथल्सले अफसाइड ट्रापको प्रयोगलाई लोकप्रिय बनाए । जुन पछि टोलीको प्रमुख शक्तिहरू मध्ये एक बन्न पुग्यो । त्यसै क्रममा बेल्जियम टोलीमा पल भान हिमस्टको उदय भयो । राष्ट्रिय टोलीमा आफ्नो उच्च लयमा रहेका भान हिमस्ट बेल्जियमको सर्वाधिक स्कोरर बने । उनले ८१ खेलमा ३० गोल गरेका थिए । यसैलाई नै बेल्जियम फुटबलको भान हिमस्ट युग भन्ने गरिन्छ ।

सन् १९७० को दशकको अन्त्यतिर बेल्जियम ठूला लिगहरूमा जान तयार भईसकेको थियो । १९८० को युरोको समूहमा इटाली, इङ्ल्यान्ड र स्पेनसँगै बेल्जियम थियो । प्रशिक्षक गाय थिसको नेतृत्वमा रहेको बेल्जियमले आफ्नो कौशलता प्रमाणित गरे । तर, फाइनल खेलमा वेस्ट जर्मनीसँग ८८ औं मिनेटमा गोल खाँदै पराजित हुन पुग्यो र युरोकपको उपविजेता बन्यो ।

विश्वकप सफलताको पहिलो स्वाद बेल्जियमले १९८२ मा लियो । जब उनीहरूले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई १–० ले पराजित गरे । तर, अन्य एक खेल बराबरी र पोल्याण्ड र सोभियत संघसँगको दुई खेलमा हार व्यहोरेपछि  अर्को चरणमा प्रवेश गर्न सकेनन् । यसले टिममा अनुभवको प्रस्ट अभाव देखिन्थ्यो । तर, धेरै फुटबल विज्ञहरुले यस पुस्तालाई ठुला ट्रफीको लागि प्रतिस्पर्धा गर्न प्रतिभाशाली भएको बताएका थिए ।

१९८६ को विश्वकप बेल्जियमका लागि खासै राम्रोसँग सुरुवात नभएपनि त्यसपछिका खेलमा सन्तोस जनक प्रदर्शन गरेको थियो । मेक्सिको र पराग्वे पछि बेल्ज्यिम आफ्नो समूहको तेस्रो उत्कृष्ट टिम बन्दै नकआउट चरणमा प्रवेश गर्यो । नकआउट चरणमा सोभियत युनियनलाई अतिरिक्त समयमा आउट गरेर क्वाटरफाइनलमा स्पेनसँगको भेट पक्का गर्यो ।

स्पेनलाई पेनाल्टीमा पराजित गर्दै सेमिफाइनल पुगेको बेल्जियम सेमिफाइनलमा माराडोनाको नेतृत्वमा रहेको अर्जेन्टिनासँग २–० ले पराजित हुन पुग्यो । तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्ससँग अतिरिक्त समयमा ४–२ ले पराजित भएपछि बेल्जियमले चौथो स्थान हासिल गरेको थियो ।

१९९० को विश्वकपमा, बेल्जियमले दोस्रो पटक समूह चरण पार गर्यो । नकआउटमा इङ्ल्यान्डको सामना गर्दै अतिरिक्त समयमा १–० ले पराजित हुन पुग्यो ।

त्यसपछि २००२ सम्म बेल्जियम विश्वकपमा लगातार छनोट भयो । तर, नतिजा पुन: त्यहिँ दोहरीयो । २००२ को विश्वकपमा बेल्जिय च्याम्पियन ब्राजिलसँग पराजित हुँदै शीर्ष १६ बाट बाहिरिन पुग्यो ।

Belgium World Cup Fixtures, Squad, Group, Guide - World Soccer

सफलताविनाको अवधि

२००२ पछि बेल्जियमले पाँच महत्वपूर्ण प्रतियोगिता गुमायो । जहाँ तीन युरो र दुई विश्वकपका लागि छनोट हुन् सकेन । यसबीचमा टोली फिफा वरीयतामा पनि खस्किदै ७१ स्थानमा पुग्यो । जुन अहिलेसम्मकै तल्लो वरीयता  बन्न पुग्यो । यस अवधिमा धेरै प्रशिक्षकहरु परिवर्तन भए । तर, टिमको भाग्य सुधारिएको थिएन ।

यस युगमा बेल्जियम प्रशंसकहरूको लागि एक मात्र खुसीको विषय यू–१९ छनोट थियो । जसले २००८ को ओलम्पिकमा चौथो स्थान हाँसील गरेको थियो । ओलम्पिकका राम्रो प्रदर्शन गरेकै कारण यस टिमका धेरै युवा खिलाडीले सिनियर टोलीमा डेब्यू गर्न शुरू गरे । तर, पनि यी परिवर्तनहरूले तुरून्त सफलताको लागि नेतृत्व गर्न सकेन् ।

पछिल्लो पुस्ताका खेलाडीहरु बेल्जियमको टोलीमा एक चतुर चालको रूपमा देखा परे । इडेन हाजार्ड, केभिन डी ब्रुएन र रोमेलु लुकाकू आफूले सामना गर्ने कुनै पनि टिमविरुद्ध गोल गर्न सक्षम छन् । 

Belgium 9-0 San Marino: Romelu Lukaku becomes first player to score 50  goals for Red Devils as Roberto Martinez's side qualify for Euro 2020  finals – Sportstribunal

बेल्जियमले २०१४ को विश्वकप छनोटमा ८ जित र २ बराबरी खेल्दै १२ वर्षपछि पहिलो पटक ठूलो प्रतियोगितामा स्थान बनायो । त्यसपछि विश्वकप समूह चरणमा तीन खेल जितेको थियो ।  तर, क्वाटरफाइनलमा अर्जेन्टिनासँग पराजित हुँदै बाहिरिन पुग्यो । २०१६ को युरोकपमा पनि क्वाटरफाइनलमा पुगेको बेल्जियम वेल्ससँग पराजित भएको थियो ।

सन् २०१८ को विश्वकपमा धेरैले बेल्जियमलाई  'डार्क हर्स' को रूपमा लिएका थिए । शीर्ष १६ मा जापानलाई पराजित गरेको बेल्जियले क्वाटरफाइनलमा ब्राजिललाई पराजित गरेको थियो । तर, सेमिफाइनलमा फ्रान्ससँग पराजित भयो । तेस्रो स्थानको प्ले अफमा बेल्जियमले इङ्ल्यान्डलाई २–० ले पराजित गर्दै विश्वकपमा आफ्नो प्रतिस्पर्धाको सर्वश्रेष्ठ रेकर्ड बनायो ।  

World Cup 2018: Belgium defeats England for third place - CBS News

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने

उद्घाटन खेलमा रेडहर्स र जर्जियन आमनेसामने